राष्ट्रिय उमा कुङ्फु यसै साता हुने

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

The National Uma Kung Fu will be held this week

काठमाडौँ — राष्ट्रिय उमा कुङ्फु संघलेसातौं राष्ट्रिय उमा कुङ्फु प्रतियोगिता शनिबार आयोजना गर्ने भएको छ ।

प्रतियोगितामा विभिन्न १८ जिल्लाका १ सय ७५ खेलाडीको भाग लिने संघका उपाध्यक्ष भूपेन्द्र गुरुङले मंगलबार पत्रकार सम्मेलनमा बताए । सान्डा, ताइची र प्याटर्नमा गरी ३९ स्पर्धामा खेल हुनेछ । सान्डामा १९, ताइचीमा ४ र प्याटर्नको वेयर ह्यान्ड र वेप्पन गरी १६ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिता सम्पन्न गर्न अन्तर्राष्ट्रिय निर्णायकसमेत रहेका उपाध्यक्ष गुरुङको संयोजकत्वमा ९ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । विभिन्न उपसमिति पनि गठन गरिएको छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब ११ लाख रुपैयाँ खर्च हुने अध्यक्ष राईले बताए । उपत्यकाबाहिरका खेलाडीलाई खाना, बसोवास र यातायत सुविधा उपलब्ध गराइने छ । एकदिने प्रतियोगिताका खेल कुन्डलिनी रोयल्स बैंक्वेटमा हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully