आईजीपी कप क्रिकेट सुरु 

फाल्गुन २७, २०८१

कान्तिपुर संवाददाता

IGP Cup Cricket Begins

काठमाडौँ — नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा प्रथम आईजीपी कप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्यसचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले अम्पायर धर्मसुन्दर शाक्यलाई बल हस्तान्तरण गरी उद्घाटन गरे ।

नेपाल प्रहरीका खेलाडीहरूले दिलाएको सफलताको स्मरण गर्दै प्रतियोगिता आयोजनामा नेपाल क्रिकेट संघ (क्यान) को सहयोगप्रति कृतज्ञता व्यक्त गरे ।

सुदूरपश्चिम प्रदेश प्रहरी टिमले कर्णाली टिमविरुद्ध १० विकेटको जित पायो ।

दोस्रो खेलमा लुम्बिनी प्रदेश टिमले बागमती प्रदेश प्रहरी टिमलाई ४ रनले हरायो । तीन अर्धशतक बनेको खेलमा लुम्बिनीका युवराज सेन वली प्रतियोगिताको पहिलो अर्धसतक बनाए । १ सय ५९ रनको लक्ष पछ्याउने क्रममा पहिलो ओभरमा २ विकेट गुमाएर पनि सम्हालिएको बागमतीले अन्तिम ओभरमा ९ रन बनाउन नसक्दा हार बेहोरेको हो । विजय घलान र सविन घर्तीमगरको साझेदारीले एक समय बागमती जित नजिक पुगेको थियो । विजय अविजित ८२ र सविनले ५३ रन बनाए ।

अलराउन्ड प्रदर्शन गर्ने क्रममा तीन विकेटसमेत लिएका विजय घलान म्यान अफ द म्याच भए ।

कान्तिपुर

Link copied successfully