हिसान बास्केटबलमा जेभियर र हेराल्ड विजयी

फाल्गुन २६, २०८१

कान्तिपुर संवाददाता

Xavier and Herald win in Hisan basketball

काठमाडौँ — जेभियर र हेराल्ड कलेजले हिसान सेन्ट्रल इन्टर कलेज बास्केटबल च्याम्पियनसिपमा सोमबार दोहोरो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा सोमबार समूह ‘ए’ मा जेभियरले दोहोरो जित पायो ।

पहिलो खेलमा ऋत एकेडेमीलाई ५८–३५ को स्कोरमा हराएको थियो । जेभियरका प्रितम थिङले १० स्कोर गरे । जेभियरले दोस्रो खेलमा काठमाडौं वर्ल्डलाई ५४–१३ स्कोरले पराजित गर्‍यो । असिम थापाले १५ स्कोर गरे । समूह ‘सी’ मा हेराल्डले काठमाडौं भ्याली कलेजलाई ५३–२८ र जया मल्टिपल कलेजलाई ४२–१५ ले हराए ।

टाइम्स कलेजले ऋत एकेडेमीलाई ४३–११ र डीएभीले हिमालयन कलेज ३८–१० ले हरायो । ग्रिनफिल्डले काठमाडौं भ्याली कलेजलाई ४५–३१ ले हराउँदा बर्नहार्ट कलेजले हिमालयन कलेजमाथि ५१–१७ को स्कोरमा जित निकाल्यो ।

बुधबारसम्म चल्ने प्रतियोगितामा उपत्यकाका १६ कलेजको सहभागिता छ । सहभागी कलेजलाई चार समूहमा विभाजन गरिएको छ । हरेक समूहका विजेता र उपविजेता क्वाटरफाइनल पुग्नेछन् ।

कान्तिपुर

Link copied successfully