भारतको हिल्स एकेडेमीलाई स्तब्ध पार्दै चर्च ब्वाइज पाँचथर गोल्डकपको सेमिफाइनलमा

भारतको हिल्स फुटबल एकेडेमी ४–० गोल अन्तरले पराजित

फाल्गुन २५, २०८१

लक्ष्मी गौतम

Church Boys shock India's Hills Academy into Panchthar Gold Cup semi-finals

पाँचथर — चर्च ब्वाइज युनाइटेड काठमाडौं पाँचौं पाँचथर गोल्डकको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार सम्पन्न खेलमा भारतको हिल्स फुटबल एकेडेमीलाई ४–० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले सेमिफाइनल यात्रा तय गरेको हो ।

प्रतियोगितामा चर्च ब्वाइजका राज भुसाल (९ नम्बर) ले २ गोल गरे । खेल सुरु भएको छैटौं मिनेटमा विदेशी खेलाडी फोफोनाले पहिलो गोल गर्दै चर्च ब्वाइजको खाता खोलेका थिए । दोस्रो गोल आठौं मिनेटमा अर्का खेलाडी राज भुसाल (१० नम्बर) ले गरे ।

मध्यान्तरअघि २–० ले अग्रता लिएको चर्च ब्वाइजका तर्फबाट तेस्रो गोल मध्यान्तर पछि ६४ औं मिनेटमा अभिशेक महतो र चौथो गोल अतिरिक्त समयमा राज भुसाल (९ नम्बर) ले गरे ।

दुई गोल गरेका भुसाल म्यान अफ दि म्याच घोषित हुँदै नगद ७ हजार ५ सयसहित पुरस्कृत भए ।

सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र मछिन्द्र फुटबल क्लब काठमाडौंबीच खेल हुने आयोजक पाँचथर क्लबले जनाएको छ ।

फागुन २४ देखि सुरु पाँचौं संस्करणको पाँचथर गोल्डकपमा नेपाल र भारतका ८ टिम सहभागी थिए । भारतको हिल्स एकेडेमी र आयोजक पाँचथर क्लब प्रथम चरणबाटै बाहिरिएका छन् ।

लक्ष्मी गौतम गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully