महिला दिवसमा रग्बीको प्रतिस्पर्धा

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Rugby competition on Women's Day

काठमाडौँ — अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मैत्रीपूर्ण रग्बी खेल भएको छ । नेपाल रग्बी संघ र नेपाल खेलकुद पत्रकार मञ्चको संयुक्त आयोजनामा महिला खेलकुद पत्रकार र महिला विभागका महिला सदस्यबीच मैत्रीपूर्ण रग्बी खेलको गरिएको हो ।

महिला दिवसको अवसर पारेर प्रत्येक वर्ष जस्तै नेपाल रग्बी संघको महिला विभागले रग्बी खेलसहित कार्यक्रम आयोजना गरेको विभागकी प्रमुख एलिस थापाले बताइन् ।

मैत्रीपूर्ण खेल राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङको आतिथ्यतामा भएको थियो ।  

कान्तिपुर

Link copied successfully