एनएसएलको मुख्य प्रायोजकमा एनसेल

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Ncell is the main sponsor of NSL

काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणले मुख्य प्रायोजक पाएको छ । अबदेखि हुनेछ एनसेल एनएसएल २०२५ । प्रतियोगिताकी प्रमुख आश्रेयता कार्की चौधरी र एनसेलका कमर्सियल अफिसर उमर मोहसिनले शुक्रबार आयोजित कार्यक्रममा प्रायोजनको सम्झौतामा हस्ताक्षर गरे ।

प्रायोजकको रकम कति त ? यो भने खुलाइएको छैन । प्रतियोगिता निर्देशक श्रेयान्स कार्कीका अनुसार यो राम्रो रकममा छ, किनभने एनएसएल जत्तिको प्रतियोगिताको मुख्य प्रायोजक कमको हुने कुरै रहेन । अनुबन्ध यही एक संस्करणका लागि भएको छ । तर दुवै पक्ष यसले निरन्तरता पाउने सम्भावना उत्तिकै देख्छन् ।

प्रतियोगिता चैतको तेस्रो साता हुनेछ । यसका लागि खेलाडीको ‘अक्सन’ भइसकेको छ । एक दुई दिनमै ‘सी क्याटगोरी’ मा पर्ने खेलाडीको ड्राफ्ट पनि गरिनेछ । कार्यक्रमका अवसरमा निर्देशक कार्कीले यसपल्टको प्रतियोगिता अझ उच्च, बृहत र सफल हुने दाबी गरे ।

यसपल्टको प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसीसँगै पूर्वविजेता काठमाडौं रेजर्स, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल–लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

कान्तिपुर

Link copied successfully