बुमराह र मयंकले आईपीएलका सुरुवाती खेल गुमाउन सक्ने

फाल्गुन २४, २०८१

एजेन्सी

Bumrah and Mayank may miss the opening games of the IPL

काठमाडौँ — मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह र लखनऊ सुपर जाइन्ट्सका पेसर मयंक यादवले यस सिजनको सुरुवाती आइपीएल म्याच मिस गर्ने सम्भावना देखिएको छ ।

दुवै तीव्र गतिका बलर बेंगलुरुमा बीसीसीआईको सेन्टर अफ एक्सीलेन्समा रेस्टमा छन् । 

टाइम्स अफ इन्डियाका अनुसार बुमराहको मेडिकल रिपोर्ट सामान्य छ । उनले सीओईमा बलिङ अभ्यास फेरि सुरु गरेका छन् । यद्दपि आईपीएलको सुरुवातमा उनले बलिङ गर्नसक्नेमा अझै स्पष्ट छैन । उनी अप्रिलको पहिलो सातासम्म टीममा आउनसक्ने बताइएको छ । 

बुमराह बोर्डर गावस्कर ट्रफीको अन्तिम खेलमा घाइते भएका थिए । लोअर ब्याक इन्जुरीका कारण बुमराहले च्याम्पियन्स ट्रफीसमेत खेल्न पाएनन् । यता मयंक यादव पछिल्लो आईपीएलमै घाइते भएका थिए । 

त्यसअघि उनले तीनवटा मात्र घरेलु र अन्तर्राष्ट्रिय खेलमा सहभागी बने । मांशपेसीमा समस्याका कारण उनी तनावमा छन् । 

मयंकले गतवर्ष लखनऊ सुपर जायन्ट्सबाट खेलेका थिए । चार ओभरमा २७ रन दिएर ३ विकेट लिँदै उनी प्लयर अफ दी म्याचसमेत भएका थिए । उनी डेब्यू प्लेयर अफ दी म्याच बन्ने पहिलो पेसरसमेत हुन् । 

एजेन्सी

Link copied successfully