नेपाललाई छैटौं एसियाली महिला कबड्डीमा कांस्य पदक

फाल्गुन २४, २०८१

कान्तिपुर संवाददाता

Bronze medal for Nepal in 6th Asian Women's Kabaddi

काठमाडौँ — नेपाली महिला टिमले छैटौं एसियाली महिला कबड्डी च्याम्पियनसिपमा कांस्य पदक जितेको छ । नेपालसँगै बंगलादेश पनि संयुक्त रुपमा तेस्रो भएको अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झाले जनाएका छन् ।

नेपाल छिमेकी भारतसँग पराजित भएको थियो । बंगलादेश इरानसँग ४१–१८ ले पराजित भएको थियो ।

चीनमा भएको १९ औं एसियाली खेलकुदमा पनि नेपाली महिला कबड्डी टोलीले कांस्य जितेको थियो ।

इरानको राजधानी तेहरानमा सम्पन्न प्रतियोगितामा भारतले उपाधि जितेको हो । पाँचौंपल्ट च्याम्पियन बनेको भारतले फाइनलमा आयोजक इरानलाई ३२–२५ अंकले पराजित गरेको थियो । प्रतियोगितामा सात देशका टिमको सहभागिता थियो ।

एसियाली महिला कबड्डी सन् २००५ देखि सुरु भएको हो । पुरुषको भने १९८० देखि नै एसियन च्याम्पिनयसिप सुरु भएको थियो ।

Bronze medal for Nepal in 6th Asian Women's Kabaddi

कान्तिपुर

Link copied successfully