एपीएफको विजयी सुरुवात

फाल्गुन २४, २०८१

अर्जुन सुवेदी

APF's winning start

सुनसरी — विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफले प्रथम इनरुवा गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सुनसरी सदरमुकाम इनरुवास्थित जेल फिल्डमा शनिबार सम्पन्न उद्घाटन खेलमा एपीएफले चुलाचुली स्पोर्ट्स क्लब झापालाई ४–१ गोल अन्तरले पराजित गर्दै विजयी बनेको हो । एपीएफको जितमा समिर दर्जीले ह्याट्रिक गरे भने दिलसन राईले एक गोल थपे । 

चुलाचुलीका मिक्सो लिम्बुले एक गोल फर्काए पनि त्यो जितका लागि पर्याप्त हुन सकेन । खेलको ‘म्यान अफ दी म्याच’ विजयी टिमका समिर दर्जी भए ।

आइतबारको दोस्रो क्वाटरफाइनल खेल विराटनगर सीटी फुटबल क्लब र मनोहरा एकीकृत युवा क्लब काठमाडौंबीच हुने आयोजक इनरुवा फुटबल क्लबका अध्यक्ष अनुप खड्काले जानकारी दिए ।

चैत ५ गतेसम्म चल्ने प्रतियोगितामा एक भारतीयसहित नेपालका १० टिम सहभागी छन् । विजेताले नगद २ लाख र उपविजेताले १ लाख रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ ।

अर्जुन

Link copied successfully