काठमाडौँ — नेपाल क्योकुसिन कराते संघ पाकोको आयोजनामा दोस्रो जुनियर राष्ट्रिय कराते प्रतियोगिता अन्नपूर्ण विनायक स्कुलमा शुक्रबार सुरु भएको छ ।
प्रतियोगितामा कोशी, बागमती, मधेश र कर्णाली प्रदेशका गरी २ सय ८५ खेलाडीको सहभागिता रहेको आयोजक संघकी ब्रान्च चिफ सन्जु महर्जनले जनाएकी छन् । टिममा शीर्ष चार स्थानमा रहनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार पाउनेछन् । पुरुष/महिलामा ७–७ गरी १४ स्पर्धामा प्रतिस्पर्धा भइरहेको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुवर्ण श्रेष्ठले उद्घाटन गरिन् । सदस्य श्रेष्ठ र राखेपका सदस्य जगतसिंह धामीलाई सम्मान गरिएको थियो । प्रतियोगिता शनिबार सम्पन्न हुनेछ ।
