लामालाई अल नेपाल ओपन स्नुकरको उपाधि

फाल्गुन २३, २०८१

सन्जु पौडेल

All Nepal Open snooker title to Lama

तिलोत्तमा — बुटवल मेयर कप  स्नुकर च्याम्पियनसिपको उपाधि  हेटौंडाका सोम लामाले जितेका छन् । बिहीबार भएको ७  घण्टा लामो  खेलमा सोमले बिर्तामोडका सरोज गौतमलाई ७-५ अंक अन्तरले पछाडि पार्दै उपाधि जिते ।

बेस्ट अफ १३ का आधारमा खेलाइएको खेलमा सुरुका ५ सेट सोम लामाले लगातार जितेका थिए । त्यसपछि  सरोजले लगातार  ४  सेट जिते । १०औं सेट सोमले जितेर  अग्रता बढाउदा एघारौं सेट सरोजले जिते । बाह्रौं सेटमा लय समातेर जितेपछि सोमले उपाधिमाथि कब्जा जमाउन सफल भए ।

सोमले उपाधिसँगै ३ लाख ३ हजार रुपैयाँ पुरस्कार पाए भने सरोजले १ लाख १ हजार, हाइएस्ट ब्रेकरले सोम लामाले ५५ हजार रुपैयाँ, सेमिफाइनलमा पुगेका  बुटवलका रेगन श्रेष्ठ र काठमाडौंका वाङ चु तामाङले  नगद ३०/३० हजार रुपैयाँ प्राप्त गरे ।

नेपाल विलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा फागुन १२ देखि सुरु भएको प्रतियोगितामा देशभरबाट १ सय २८ जना खेलाडीले भाग लिएको आयोजक संघका महासचिव प्रकाश क्षेत्रीले बताए ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully