सुनगाभा सैनामैना गोल्ड कप : महावीर क्लब सेमिफाइनलमा

फाल्गुन २२, २०८१

सन्जु पौडेल

Sunagava Sainamaina Gold Cup: Mahaveer Club in semi-finals

तिलोत्तमा — महावीर क्लब काठमाडौं सैनामैनामा जारी सुनगाभा सैनामैना गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको खेलमा हनामी बीएफसी क्लबलाई २–० ले पराजित गर्दै महावीर सेमिफाइनल मा पुगेको हो ।

पहिलो हाफको १८ औं मिनेटमा महावीरका सुरज थारुले पहिलो गोल गरे । खेलको दोस्रो हाफमा पुनः थारुकै प्रहारबाट महावीरले दोस्रो गोल थप्यो ।

राम्रा अवसर पाए पनि हनामी बीएफसीले गोल गर्न नसक्दा खेल २–० मै सकियो । आफ्नो टिमका लागि दुई गोल गरेका सुरज खेलको ‘म्यान अफ द म्याच’ भए ।

शुक्रबारको खेल आयोजक मुर्गिया फुटबल क्लब र छिमेकी राष्ट्र भारत सिक्किमको क्लबबीच हुने संयोजक अशोक खड्काले बताए । प्रतियोगिताको विजेताले ७ लाख रुपैयाँ हात पार्नेछ भने उपविजेताले ४ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully