शारदालाई राष्ट्रपति रनिङ शिल्ड

फाल्गुन २१, २०८१

विप्लव महर्जन

President Running Shield to Sarada

सल्यान — जिल्लाको कुमाख गाउँपालिकाको नारायण माविमा सञ्चालित जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि शारदा नगरपालिकाले हात पारेको छ ।

खेलकुद विकास समितीको आयोजना र कुमाख गाउँपालिकाको सहआयोजनामा सञ्चालित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा १५ स्वर्ण, सात रजत र पाँच कास्य पदक जितेर प्रथम स्थान हासिल गर्दै शारदा नगरपालिकाले उपाधि हासिल गरेको हो । 

११ स्वर्ण, चार रजत र १२ कास्य पदक जितेर छत्रेस्वरी गाउँपालिकाले दोस्रो स्थान, १० स्वर्ण, तीन रजत र तीन कास्य गरी कुमाख गाउँपालिकाले तेस्रो स्थान हासिल गरेको खेलकुद विकास समिति सल्यानका अध्यक्ष खडग आचार्यले बताए । उनका अनुसार ६ स्वर्ण, १२ रजत र ६ कास्य जितेर कपुरकोट गाउँपालिकाले चौथो स्थान हासिल गरेको थियो । 

छात्र र छात्रातर्फ भएको भलिबल खेलमा कुमाख गाउँपालिकाका रोहित शाही र लक्ष्मी विक, कबड्डीमा छात्रतर्फ बन्गाड कुपिण्डे नगरपालिकाका सुरेश सिंह र छात्रामा छत्रेस्वरी गाउँपालिकाकी बिन्दु घर्ती, एथ्लेटिक्समा शारदा नगरपालिकाका राजेश केसी, कुमाख गाउँपालिकाकी सिर्जना विक, तेक्वान्दोमा शारदा नगरपालिकाका प्रमोद बुढाथोकी र डिला विक उत्कृष्ट भएका थिए । 

विप्लव महर्जन महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Link copied successfully