थ्रीस्टारलाई स्तब्ध पार्दै मच्छिन्द्र च्याम्पियन

मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फाइनल

फाल्गुन २१, २०८१

मनोज पौडेल

Machindra is the champion by shocking Threestar

कपिलवस्तु — मच्छिन्द्र एफसी दोस्रो मुख्यमन्त्री कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । बुधबार भएको फाइनल खेलमा थ्रीस्टार एफसीलाई शून्यका विरुद्ध एक गोलले पराजित गर्दै मच्छिन्द्र च्याम्पियन बनेको हो । 

मच्छिन्द्रलाई च्याम्पियन बनाउन देवेन्द्र तामाङले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा उनले गोल गरेका हुन् । १० हजार नगदका साथ उनी नै फाइनलको ‘म्यान अफ द म्याच’ पनि भए ।

च्याम्पियन बनेसँगै मच्छिन्द्रले नगद ११ लाख ११ हजार १ सय ११ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता थ्रीस्टारले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्‍यो । 

दोस्रो सेमिफाइनल खेलमा जोङ्ग्री एफसी सिक्किम, भारतविरुद्ध १–० गोलको रोमाञ्चक जित निकाल्दै मच्छिन्द्र फाइनलमा पुगेको थियो भने थ्रीस्टार पहिलो सेमिफाइनल खेलमा संकटा एफसीविरुद्ध १–० कै जित निकाल्दै फाइनलमा पुगेको थियो । 

जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताको वाणगंगा नगरपालिकाको बुद्ध रंगशालामा फागुन १४ देखि सुरु भएको थियो । प्रतियोगितामा ८ टोली सहभागी थिए ।

मनोज पौडेल

Link copied successfully