सिंगलमा मिलिन र डबल्समा मिलिन-बसन्तको जोडीले जित्यो ब्याडमिन्टनको उपाधि

फाल्गुन १९, २०८१

आनन्द गौतम

Milin in singles and Milin-Basant in doubles won the badminton title

ताप्लेजुङ — मैवाखोला गाउँपालिकामा सञ्चालित जिल्ला स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिताको उपाधि पुरुष सिंगलतर्फ मिलिन गुरुङ र डबलतर्फ मिलिन र बसन्त गुरुङको जोडीले जितेका छन् ।

महाशिवरात्रिका अवसरमा आयोजित प्रतियोगिताको आइतबार भएको फाइनलमा सिंगलतर्फ मिलिनले बसन्तलाई पराजित गरे भने डबल्सतर्फ युवराज बोगटी र ज्ञानु तेम्बेको जोडीलाई पराजित गरे । 

सिंगलतर्फका विजेताले १० हजार र उपविजेताले ५ हजार तथा डबल्सतर्फका विजेताले १५ हजार र दोस्रोले ७ हजार पाँच सयसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगितामा २० टिमको सहभागिता रहेको आयोजक जलजले क्लबका सचिव चिरन्जीवी चोङवाङले जानकारी दिए ।

प्रतियोगितामा फुटबल, भलिबलसँगै ब्याडमिन्टन प्रतियोगिता सञ्चालन भएको थियो । 

विजेतालाई गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले पुरस्कार प्रदान गरे ।

आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।

Link copied successfully