काभ्रे — धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको कभर्डहलमा पाँचौँ एभरेस्ट खुला अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप सम्पन्न भएको छ । प्रतियोगितामा नेपाल, भारत, मलेसिया र चीनका गरी ३ सय ५० खेलाडीको सहभागितामा थियो । डब्लूटी र आईटीएफका एउटै मञ्चमा खेलाइएको थियो । प्याट्रन, पुम्से, ग्योरोगी र स्पाइरिङतर्फ गरी ९२ विधामा प्रतिस्पर्धा भएको थियो ।
प्रतियोगितामा वर्ल्ड तेक्वान्दो, इन्टरनेसनल तेक्वान्दो फेडेरेसन सहभागिता थियो । विश्व तेक्वान्दो र इन्टरनेसनल तेक्वान्दो फेडेरेसन एकै परिवारका सदस्य हौं भन्ने भावना राखेर दुवै तेक्वान्दोबीच भाइचारा र आपसी सद्भाव बढाउने उद्देश्यले यसखालको प्रतियोगिता आयोजना गरिएको प्रतियोगिताका निर्देशक तथा इन्टरनेसनल तेक्वान्दो फेडेरेसन नेपालका संस्थापक अध्यक्ष लक्ष्मण बस्नेतले बताए ।
आईटीएफतर्फ नेपालले ४७ स्वर्ण, मलेसियाले १७ स्वर्ण, चीनले २ स्वर्ण र भारतले १ स्वर्ण जितेको थियो । पुरुषतर्फ नेपालका शुभम लम्साल र महिलातर्फ ममिलेसियाकी अफज्या फरा नादिन उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
डब्लूटीतर्फ २५ विधामा भारतले २ स्वर्ण १ रजत हात पारेको थियो भने बाँकी पदक नेपाली खेलाडीले जितेका थिए
