काठमाडौँ — ट्रायलमान्डुको आयोजनामा शनिबार भएको नेपालको पहिलो एक सय माइलको केभिआर स्टेज रेस च्यालेन्जको पाँचौँ चरणमा पुरुषतर्फ लोकेन्द्र राई र महिलातर्फ सोनिमा शेर्पा पहिलो भएका छन् ।
फर्पिङमा सुरु भएर सिंगल ट्रिमा सम्पन्न भएको ३२ किमी दौडअन्तर्गत पुरुषमा लोकेन्द्र राईले निर्धारित दूरी ३ घन्टा ४६ मिनेट ४४ सेकेन्डमा पूरा गरे । प्रविन ताम्लिङ ३ घन्टा ५७ मिनेट ४० सेकेन्ड समय लगाएर दोस्रो र रामचन्द्र महतारा ४ घन्टा ०८ मिनेटमा दौड पूरा गर्दै तेस्रो भए ।
महिलातर्फ च्याम्पियन बनेकी सोनिमा शेर्पाले ५ घन्टा ०३ मिनेट ४० सकेन्डमा दौड पूरा गरिन् । यसैगरी, दोस्रो भएकी माइ बानले ५ घन्टा २२ मिनेट ०८ सेकेन्डमा दोस्रो भइन् । अनिशा गुरुङले ५ घन्टा ५१ मिनेट ४४ सेकेन्ड समय लगाएर तेस्रो भइन् ।
मञ्जुश्री ट्रेल रेस चैत १ देखि ३ गतेसम्म हुने आयोजक ट्रायलमान्डुले जनाएको छ ।
