आर्मी आईटीएफ तेक्वान्दो च्याम्पियन

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

Army ITF Taekwondo Champion

काठमाडौँ — नेपाल आर्मी टिम शनिबार २४ औं आईटीएफ तेक्वान्दो राष्ट्रिय प्रतियोगिता तथा बागमती प्रदेश प्रथम यू–१५ राष्ट्रिय विद्यालय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन बनेको छ ।  

नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजनामा भएको प्रतियोगिताको राष्ट्रियतर्फ आर्मीले १३ स्वर्ण, ७ रजत र ५ कांस्य जित्यो । दोस्रो भएको लुम्बिनी प्रदेशले ५ स्वर्ण, ६ रजत र ३ कांस्य जित्यो । ३ स्वर्ण, ५ रजत र ७ कांस्यसाथ बागमती प्रदेश तेस्रो स्थानमा रह्यो । पुरुषमा आर्मीका भीमबहादुर तामाङ र महिलामा गण्डकी प्रदेशकी सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी भए ।

यू–१५ मा च्याम्पियन बनेको बागमतीले ५ स्वर्ण, ३ रजत र ७ कांस्य हात पार्‍यो । ३ स्वर्ण, ५ रजत र ४ कांस्यसहित गण्डकी दोस्रो तथा २ स्वर्ण, ३ रजत र ४ कांस्यसहित एपीएफ तेस्रो भए । यू–१५ मा सुदूरपश्चिम प्रदेशका भूपेश नाथ र गण्डकीकी सन्ध्या खत्री उत्कृष्ट चुनिए । 

कान्तिपुर संवाददाता

Link copied successfully