मछिन्द्रसामु उपाधिको ह्याट्रिक अवसर

शनिबार भएको दोस्रो सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई मछिन्द्रले ४–० ले हरायो

फाल्गुन १७, २०८१

कान्तिपुर संवाददाता

A hat-trick opportunity for the title against Machindra

काठमाडौँ — दशरथ रंगशालामा शनिबार भएको केपी ओली कपको दोस्रो सेमिफाइनलमा दुईपल्टको डिफेन्डिङ च्याम्पियन मछिन्द्रले आयोजक केपी ओली एफसीलाई ४–० ले हराएको  छ । यससँगै मछिन्द्रले लगातार तेस्रोपल्ट केपी ओली कपको फाइनल खेल्ने भएको छ ।

खेलको पहिलो गोल मनीष डाँगीले गरे । सनिश श्रेष्ठले ३९ औं मिनेटमा निकालेको पासमा अनमार्क रहेका मनीषले सजिलै गोल गरे । दोस्रो गोल भने रोशन रानाको नाममा रह्यो ।

यसपछिका दुई गोल स्टेफेन जलीको नाममा रह्यो । त्यसमध्ये ८५ औं मिनेटमा उनले पेनाल्टीबाट गोल गरे । खेमराज श्रेष्ठले युसुफलाई लडाएपछि मछिन्द्रले पेनाल्टी पाएको हो । उनको दोस्रो गोल भने ९० औं मिनेटमा सम्भव भएको थियो । 

उपाधिका लागि मछिन्द्रले आर्मीको सामना गर्नेछ । फाइनल सोमबार दशरथ रंगशालामा हुनेछ र त्यसमा मछिन्द्रसामु उपाधिको ह्याट्रिक गर्ने दुर्लभ अवसर हुनेछ ।

कान्तिपुर संवाददाता

Link copied successfully