काठमाडौँ — आयोजक ललितपुर टेबलटेनिस क्लबकी आरती चौधरी र प्यासिफिककी सृष्टि जैसवाल शुक्रबार सातौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा पुगेका छन् ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको खेलमा आरतीले ग्लोबल टेबलटेनिस एकेडेमीकी सन्चरी चक्रबर्तीलाई ११–८, ११–६ र ११–७ तथा सृष्टिले नेपाल पुलिसकी नविता श्रेष्ठलाई ४–११, १०–१२, १४–१२, ११–५, ११–५ को सेटमा पराजित गरे ।
सोही स्पर्धामा ग्लोबल टेबलटेनिस एकेडेमीकी सञ्चुता चटर्जीले दार्जिलिङ टेबलटेनिस एसोसिएसनकी प्राची घोषलाई ११–७, ११–८, ९–११, १४–१२ तथा ग्लोबलकी अनन्या सन्त्रले प्यासिफिककी गुनगुन शाहलाई ११–४, ११–१३, ११–७, ११–८ को सेटमा हराएर सेमिफाइनलमा स्थान सुरक्षित गरे ।
पुरुष सिंगल्समा आयोजक क्लबका राहुल मलिकले ग्लोबलका राहुल दासलाई ११–७, ११–५, ११–९ को सोझो सेटमा हराएर सेमिफाइनल पक्का गरे ।
