राष्ट्रिय करातेमा स्वनिम र सन्जुलाई स्वर्ण

फाल्गुन १६, २०८१

कान्तिपुर संवाददाता

Gold for Swanim and Sanju in National Karate

काठमाडौँ — पुलिसका स्वनिम मानन्धर र आर्मीकी सन्जुमाया थिङले चौथो कृष्णप्रसाद भट्टराई स्मृति राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । एकल काताको पुरुषमा स्वनिम र महिलामा सन्जु विजेता भए ।

सातदोबाटोस्थित कराते एकेडेमी हलमा स्वनिमले ४२.३ अंक जोडे । आर्मीका विनय लिम्बू दोस्रो तथा गण्डकी प्रदेशका वसन्त परियार र एपीएफका मनीष कार्की तेस्रो भए । सन्जुले ४१.८ अंक बटुलिन् । बागमती प्रदेशकी एलिना थिङ दोस्रो तथा सुदूरपश्चिमकी वर्षा साउद र एपीएफकी मीरा खाती तेस्रो भए ।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा जिल्ला प्रमुख डोजो लगनखेल ललितपुरद्वारा आयोजित प्रतियोगिताको पुरुष टिम कातामा पुलिस टिम विजेता भयो । एकल काताका स्वर्ण विजेता स्वर्णिमले फुर्तेन तामाङ र जगतसिंह धानुकसँग मिलेर अर्को स्वर्ण जिते । यो टोलीले ४२.२ अंक जोड्यो । बागमती दोस्रो तथा कोशी प्रदेश र एपीएफ तेस्रो स्थानमा रहे ।  

कान्तिपुर

Link copied successfully