दसौं राष्ट्रिय खेलकुदको नयाँ मिति, अब जेठ ३ देखि

फाल्गुन १५, २०८१

कान्तिपुर संवाददाता

New date of 10th National Games, now from 3rd May

काठमाडौँ — राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले कर्णाली प्रदेशमा हुने दसौं राष्ट्रिय खेलकुदका लागि नयाँ मिति तय गरेको छ ।

परिषद्का अध्यक्ष युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० सम्म गर्ने निर्णय गरेको राखेपले जनाएको छ ।

यसअघि राखेपको ११८ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८१ साल चैत २३ देखि ३० सम्म गर्ने निर्णय गरेको थियो । बिहीबारको परिषद् बैठकले प्रथम राष्ट्रिय पारा खेलकुद २०८२ साल जेठ १७ देखि २१ गतेसम्म काठमाडौंमा गर्ने निर्णय पनि गरेको छ ।

नेपाल ओलम्पिक कमिटीको निर्वाचनमा सहभागी ६ राष्ट्रिय खेल संघलाई निलम्बन गर्ने निर्णय गरेको छ । निलम्बनमा परेका राष्ट्रिय खेल संघमा ब्याडमिन्टन, टेनिस, साइक्लिङ, एथलेटिक्स, जिम्न्याष्टिक र भारोत्तोलन रहेका छन् । राखेप कार्यकारी समितिको बैठकले ६ खेल संघलाई कारबाहीस्वरुप निलम्बन गर्न गरेको सिफारिसलाई राखेप बोर्ड बैठकले अनुमोदन गरेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully