महाकालीले जित्यो १५औं राष्ट्रपति रनिङ शिल्ड

फाल्गुन १५, २०८१

मनोज बडू

Mahakali won the 15th President Running Shield

दार्चुला — जिल्लास्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महाकाली नगरपालिकाले जितेको छ । मार्मा गाउँपालिकामा सञ्चालित प्रतियोगितामा १३ स्वर्णसहित ३२ पदक जितेर महाकाली प्रथम भएको हो ।

महाकालीले १३ स्वर्ण, ११ रजत र ८ कांस्य पदक जितेको छ । प्रतियोगिताको उपविजेता बनेको मार्मा गाउँपालिकाले ११ स्वर्ण ११ रजत र १६ कांस्य प्राप्त गरेको आयोजक जिल्ला खेलकुद समितिका अध्यक्ष मानसिह बुढाथोकीले बताए । 

प्रतियोगितामा तृतीय भएको नौगाड गाउपालिकाले ६ स्वर्ण, ५ रजत र ४ ल्याएको छ । प्रतियोगितामा शैल्यशिखर नगरपालिकाले ४ स्वर्ण, ५ रजत र १० कांस्य पदक, मालिकार्जुनले ४ स्वर्ण, तीन रजत तथा ५ कांस्य र अपिहिमालले ३ स्वर्ण, एक रजत र एक कांस्य पदक प्राप्त गरेको छ । 

त्यसैगरी, प्रतियोगितामा लेकम गाउँपालिकाले २ स्वर्ण, ५ रजत र ११ कांस्य गरी कुल १८ पदक प्राप्त गरेको छ । दुहु गाउँपालिकाले एक रजत तथा दुई कांस्य र प्रतियोगितामा अन्तिम रहेको ब्यास गाउँपालिकाले एक कांस्य मात्र प्राप्त गरेको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

महाकाली नगरपालिकाले लगातार तेस्रो पटक राष्ट्रपति रनिङ शिल्ड जितेको हो ।

मनोज बडू कान्तिपुरका दार्चुला संवाददाता हुन् ।

Link copied successfully