काठमाडौँ — नेपाल डोरीतान संघको आयोजनामा यसै साता तेस्रो राष्ट्रिय ‘टग अफ वार’ हुने भएको छ । प्रतियोगिता भक्तपुर सानो थिमिको एसओएस हर्मन माइनर स्कुलमा फागुन १६ र १७ मा हुनेछ ।
पुरुषतर्फ १० तथा महिलातर्फ ८ टिमको सहभागिता रहनेछ । संघले सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा प्रतियोगिताबारे जानकारी दिएको हो ।
महिला र पुरुष दुवैतर्फ गरेर १६ टिमका १ सय ६२ खेलाडी सहभागी रहनेछ । पुरुषतर्फ ६ सय ४० र महिलातर्फ ५ सय ८० केजी तौल समूहमा प्रतिस्पर्धा हुनेछ ।
पुरुषतर्फ विजेताले एक लाख र महिलातर्फ विजेताले ६० हजार रुपैयाँ पाउने छन् । प्रतियोगिताको कुल बजेट ३१ लाख रुपैयाँ रहेको संघका अध्यक्ष भवानीप्रसाद पौडेलले बताए ।
