बास्केटबलमा तेजस्वीको दोहोरो जित

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Tejashwi's double win in basketball

काठमाडौँ — तेजस्वी एकेडेमीले आठौं टप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबार दोहोरो जित हात पारेको छ । तेजस्वीले सिनियर ब्वाइज र गर्ल्स दुवैमा विजयी भयो ।

ल्यान्डमार्क एकेडेमीमा भएको सिनियर ब्वाइजको खेलमा तेजस्वीले निम्बललाई ३१–७ स्कोरले पराजित गर्‍यो । तेजस्वीको जितमा दिपेन छन्त्यालले १० स्कोर गरे । गर्ल्समा एलिशा क्षेत्रीको ७ स्कोरमा तेजस्वीले इडिफाइलाई १२–२ ले हरायो ।

टिम अफ प्रोग्रेसिभ स्कुल (टप्स) द्वारा आयोजित प्रतियोगिताको सिनियर ब्वाइजमा स्वर्णदीपले ल्यान्डमार्कलाई २४–१३, ह्वाइट हेभेनले लालीगुराँस नेसनल एकेडेमीलाई १८–१७, स्वेता सदनले गण्डकीलाई २६–१९, संस्कृति शिक्षा सदनले काठमाडौं लिटिल ब्लोसम स्कुल (किब्स) लाई २७–१२, इडिफाइले लर्निङ जोनलाई १९–४ र बेलमाउन्टले इडिफाइलाई २६–२४ स्कोरले हराए ।

सिनियर गर्ल्समा ह्वाइट हेभेनले स्वर्णदीपलाई २०–१२, बेलमाउन्टले गण्डकीलाई १५–१०, लर्निङ जोनले इडिफाइलाई ६–४ र संस्कृतिले किब्सलाई १२–१० स्कोरले हराए ।

प्रतियोगिताको तार्केश्वर नगरपालिका वडा १ का अध्यक्ष विदुर सापकोटा र टप्सका अध्यक्ष भरतमणि पोखरेलले संयुक्त रुपमा उद्घाटन गरे । लिगकम नकआउट प्रतियोगिताको सिनियर ब्वाइजमा १५ र गर्ल्समा १० टिम सहभागी छन् ।  

कान्तिपुर संवाददाता

Link copied successfully