शीर्षमा लिभरपुलको अग्रता ११ अंक

फाल्गुन १२, २०८१

कान्तिपुर संवाददाता

Liverpool lead at the top by 11 points

काठमाडौँ — लिभरपुलले इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा आइतबार ११ अंकको अग्रता लिएको छ । उसले म्यानचेस्टर सिटीलाई २–० ले पराजित गरेको हो । यससँगै लिभरपुल कीर्तिमान २० लिग उपाधितर्फ उन्मुख रह्यो ।

मोहमद सलाहले फेरि एकपल्ट लिभरपुलको जितमा नायक रहे । उनले खेलको पहिलो गोल गरे र यो उनको सिजनको ३० औं गोल रह्यो । पहिलो हाफमै डोमिनिक सबोसलाईले दोस्रो गोल थपे ।

‘यो विशेष जित रह्यो, किनभने हामी उपाधि होडमा बलियो रहेका छौं,’ खेलपछि सलाहले भने । एक दशकयता लिभरपुलले सिटीलाई इतिहाडमा हराएको यो पहिलो पटक हो । सलाहले थपे, ‘हामी लिग जित्न चाहन्छौं ।’

आइतबारको अर्को खेलमा न्युकासल युनाइटेडले नटिङघम फरेस्टलाई ४–३ ले हरायो । लिग तालिकामा लिभरपुलको २७ खेलबाट ६४ अंक भएको छ भने आर्सनल एक खेल कम खेलेर ५३ अंकमा दोस्रो स्थानमा छ।

कान्तिपुर

Link copied successfully