गृहनगरमा क्रिकेटर ऐरीको रथयात्रा

फाल्गुन १२, २०८१

भवानी भट्ट

Cricketer Airee's Rathayatra in hometown

कञ्चनपुर — क्रिकेटर दिपेन्द्रसिंह ऐरीलाई गृहनगर महेन्द्रनगरमा अभिनन्दन गरिएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघले सोमबार १६ औं पर्यटन महोत्सव उद्घाटनका अवसरमा उनलाई अभिनन्दन र सम्मान गरेको हो ।

अलराउन्डर क्रिकेटर ऐरीलाई रथयात्रामा महेन्द्रनगर बजार परिक्रमा गराइएको थियो । महोत्सवस्थलको खुला मञ्चमा उनलाई उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सम्मानपत्रसँगै ५१ हजार रुपैयाँ पुरस्कार प्रदान गरेका थिए ।

कञ्चनपुरको भीमदत्त नगरपालिकाका स्थायी बासिन्दा ऐरीले क्रिकेटमा ९ बलमै अर्धशतक बनाउने कीर्तिमान राखेका छन् । टाइगरका नामले चिनिने उनलाई कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले ब्याट र बल हस्तान्तरण गरे ।

भवानी भट्ट कान्तिपुरका कञ्चनपुर संवाददाता हुन् ।

Link copied successfully