जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकालाई

फाल्गुन ११, २०८१

मेनुका ढुंगाना

District level President Running Shield title to Mangalsen Municipality

अछाम — १५ औं जिल्लास्तरीय राष्ट्रपति रनिङ सिल्डको उपाधि मंगलसेन नगरपालिकाले हात पारेको छ । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष केशर खड्काका अनुसार जिल्लाको चौरपाटी गाउँपालिकामा सञ्चालन भएको प्रतियोगितामा मंगलसेन नगरपालिकाले ७ स्वर्ण, ६ रजत, ३ कांस्य प्राप्त गरेर पहिलो भयो ।

५ स्वर्ण, ६ रजत, ५ कास्य प्राप्त गर्दै पञ्चदेवल विनायक नगरपालिका दोस्रो र  ४ स्वर्ण, ५ रजत, ४ कांस्य प्राप्त गर्दै साँफेबगर नगरपालिका तेस्रो भयो ।

प्रतियोगितामा  रामारोशन गाउँपालिकाले ३ स्वर्ण, ५ रजत, ३ कास्य , तुर्माखाँदले  २ स्वर्ण, ३ कास्य , मेल्लेखले २ स्वर्ण, २ रजत, १ कांस्य , कमलबजार नगरपालिकाले २ स्वर्ण, १ रजत, ५ कांस्य ,  चौरपाटी गाउँपालिकाले १ स्वर्ण, २ रजत, २ कांस्य प्राप्त गरे । प्रतियोगितामा बान्नीगढी जयगढ गाउँपालिका र ढकारी गाउँपालिका भने स्वर्णविहीन भए । यी दुई स्थानीय तहले एक एक कांस्य मात्रै प्राप्त गरे । 

फागुन २३ , २४ , २५ गते धनगढीमा हुने प्रदेशस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको लागि पनि खेलाडी छनोट गरेर घोषणा गरिएको अध्यक्ष खड्काले बताए । प्रतियोगिताको उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री मेघराज खड्काले गरेका थिए ।

मेनुका ढुंगाना कान्तिपुरकी अछाम संवाददाता हुन् । उनी महिला र बालबालिकामाथि हुने हिंसा, छाउप्रथा लगायतका सुदूरपश्चिममा हुने समसामयिक विषयमा समाचार र टिप्पणी लेख्ने गर्छिन् । उनी एक दशकदेखि सञ्चारकर्ममा सक्रिय छिन् ।

Link copied successfully