काठमाडौँ — नेपाल सुपर लिग (एनएसएल) २०२५ का लागि शनिबार ‘मिनी अक्सन’ भएको छ र त्यसको समाप्तिसँगै प्रतियोगितामा सहभागी हुने टिमको संरचना लगभग तयार भएको छ ।
चैतमा हुने प्रतियोगितामा सात टिमको सहभागिता रहनेछ । त्यसमा डिफेन्डिङ च्याम्पियन ललितपुर सिटी एफसी, काठमाडौं रेजर्स, धनगढी एफसी, झापा एफसी, एफसी चितवन, पोखरा थन्डर्स र बुटवल–लुम्बिनी रहेका छन् ।
नेपाली फुटबलमा ‘मिनी अक्सन’ को आयोजना भएको यो नै पहिलो पटक हो । ‘मिनी अक्सन’ मा कुल ६० खेलाडी राखिएको छ । त्यसमध्ये ‘क्याटेगोरी ए’ का १५ र ‘क्याटेगोरी बी’ का ४५ का खेलाडी रहेका थिए । ‘क्याटेगोरी सी’ मा पर्ने खेलाडीको भने पछि ‘ड्राफ्ट’ बाट निर्णय गरिने छ । अहिलेसम्म लगभग सबै टिमले आफ्ना मार्की र कप्तान खेलाडीको नाम घोषणा गरिसकेका छन् । यस्तै, मुख्य प्रशिक्षकको नाम पनि लगभग सबै टिमले घोषणा गरिसकेका छन् ।
प्रत्येक टिमले केही खेलाडी ‘रिटेन’ गरिसकेको छ । कुल २१ खेलाडी भने बिक्री भएनन् । अब विदेशी खेलाडी, विदेशमा रहेका नेपाली खेलाडी र ‘ट्यालेन्ट हन्ट’ बाट पनि खेलाडी छनोट हुन बाँकी रहेको छ । ‘मिनि अक्सन’ पछि सबै टिमको सुरुआती संरचना यस प्रकारको हुनेछ । बिक्री नभएका खेलाडी ‘विस लिस्ट’ को माध्यमबाट टिमले रोजेका थिए ।
ललितपुर सिटी एफसी
मार्की : अनन्त तामाङ
अन्य खेलाडी : अदित्य शाक्य, सनीष श्रेष्ठ, योगेश गुरुङ, सुदीप गुरुङ, मणिकुमार लामा, नवीन लामा, अभिषेक वाइवा, समित श्रेष्ठ, सन्तोष खत्री ।
काठमाडौं रेजर्स
माकी खेलाडी : रोहन कार्की
कन्य खेलाडी : कुलदीप कार्की, अभिषक बराल, दीपेश गुरुङ, आशिष चापागाई, दिनेश हेमजन, जिलेप्सीजंग कार्की, कमल श्रेष्ठ, दिवाकर चौधरी, एन्जल मजर्हन ।
धनगढी एफसी
मार्की खेलाडी : कृतिशरत्न छुन्जु
अन्य खेलाडी : रामचन्द्र वजी, पासाङ लामा, अशोक खवास, प्रशान्त लक्षम, देवेन्द्र तामाङ, रणदीप पौडेल, विवेक पौडेल, जर्जप्रिन्स कार्की, जियारथ सेख ।
एफसी झापा
मार्की खेलाडी : लाकेन लिम्बू
अन्य खेलाडी : छिरिङ लामा, अभिनाष साङत्याङ, दीपेश धिमाल, आशिष गुरुङ, एन्जल श्रेष्ठ, रोशन पहारी, दीपेन्द्र विक, उज्ज्वल राई ।
एफसी चितवन
मार्की खेलाडी : अञ्जन विष्ट
अन्य खेलाडी : विशाल श्रेष्ठ, छिरिङ गुरुङ, रोशन राना, मिलन राई, शिशिर लेखी, अभिषेक लिम्बू, जय गुरुङ, सुमित श्रेष्ठ, निरज चौधरी ।
पोखरा थन्डर्स
मार्की खेलाडी : समीर तामाङ
अन्य खेलाडी : आयुष घलान, पद्म भट्टराई, नरेन चौधरी, राम थापा, चन्दन दास, विशाल तामाङ, सुरज ठकुरी, कृशल मोक्तान, एकराज बुढाथोकी ।
बुटवल–लुम्बिनी एफसी
मार्की खेलाडी : मनीष डांगी
अन्य खेलाडी : एरिक विष्ट, निराजन धामी, सरोज तामाङ, फतेमान घले, विमल पाण्डे, प्रदीप लामा, टिकेन्द्रसिंह थापा, दीप कार्की, सन्दीप कार्की ।
