प्रतीक र यशस्वी चेस च्याम्पियन

फाल्गुन १०, २०८१

कान्तिपुर संवाददाता

Iconic and successful chess champion

ललितपुर — गोदावरी नगरपालिकाको प्रायोजनमा भएको प्रथम वज्रबाराही काठमाडौं भ्याली बुद्धिचाल प्रतियोगितामा मनकामना सेकेन्डरी स्कुलका प्रतीक सुवेदीले उपाधि उचालेका छन् ।

गोदावरी नगर बुद्धिचाल संघको आयोजनामा भएको ७ चरणको खेलमा ६.५ अंक जोडेर प्रतीक विजयी बने । काठमाडौं उपत्यकाका ६० विद्यालयको सहभागी रहेको प्रतियोगितामा प्रतीकले ४ हजारसहित ट्रफी जिते । 

कुल १ सय २० विद्यार्थी सहभागी प्रतियोगितामा पुष्प सदनका हार्दिक पन्त ६ अंकसहित प्रोग्रेसिभ प्वाइन्टका आधारमा दोस्रो भएका छन् । एक्सेलसियर स्कुलका श्रीजित श्रेष्ठ तेस्रो भए ।

समान ६ अंकका पेभेलियन चेस एकेडेमीका अग्रिम सैंजु चौथो र फ्लोसेन्टका जेसिक मैनाली पाँचौं भए । पेभेलियन चेस एकेडेमीका ओस्कर पन्थी, त्रियोग हाइस्कूलवाठ आभाष रिमाल, आदर्श सौलका श्याम उज्ज्वल महर्जन, हिमालयन चेस एकेडेमीका सात्विकमान तुलाधर र पेभेलियनकै सोसम श्रेष्ठ शीर्ष दस स्थानभित्र विजयी भए । 

छात्रातर्फ मेधा सेकेन्डरी भक्तपुरकी यशस्वी शर्मा ६.५ अंक जोडेर विजेता बनिन् । उनले ४ हजार जितिन् । ग्रीनहिलकी एञ्जल महर्जन दोस्रो र अन्नपूर्ण उच्च माविकी ओजश्वी श्रेष्ठ तेस्रो स्थानमा रहे ।

मनकामनाकी प्रिसियस अधिकारी, संस्कृति गजुरेल, श्री श्रृंगेरी उमाविकी इशा घिमिरे, बालकुञ्जकी इंशु ओली, प्रेरणा विद्याश्रीकी अलिशा महर्जन, सिरियसकी अनुजा घर्ती र प्रकृति राई चौथोदेखि दसौं स्थानमा विजयी रहे ।

गोदावरी नगरवाट बज्र एकेडेमीका विभव जोशी, लालीगुराँसका विभिन गुरुङ र विराटजंग शाही क्रमशः पहिलो, दोस्रो र तेस्रो भएका छन् । महिलातर्फ लालीगुराँसकी कामना थापामगर, किटिनिकी नन्दलक्ष्मी खड्का र पेरिसा पहरी विजयी भए ।

गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले नगरले खेलकुदलाई प्राथमिकतामा राखेर धेरैभन्दा धेरै खेलकुद कार्यक्रम गरिरहेको बताए ।

कान्तिपुर

Link copied successfully