काठमाडौँ — पोखरा थन्डर्सले तेस्रो नेपाल सुपर लिग (एनएसएल) का लागि समीर तामाङलाई ‘मार्की’ खेलाडी बनाएको छ । उनलाई पोखराका मुख्य प्रशिक्षक सुमन श्रेष्ठले मार्कीको जिम्मेवारी सुम्पेका हुन् ।
समीर एनएसएलमा पहिलो पटक मार्की खेलाडी बने । उनले भनेका छन्, ‘पोखराले मलाई मार्कीको जिम्मेवारी दिएको छ, धेरै खुसी छु ।’ कप्तानमा आयुष घलान छन् ।
