मछिन्द्रको संघर्षपूर्ण जित

फाल्गुन ६, २०८१

अर्जुन सुवेदी

Machindra's hard-fought victory

सुनसरी — झापा एघार एफसीलाई पराजित गर्दै ए डिभिजन टोली मछिन्द्र क्लब १५ औं आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल पुगेको छ । इटहरी रंगशालामा सोमबार सम्पन्न तेस्रो क्वाटरफाइनलमा मछिन्द्रले झापामाथि १–० को संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । 

मछिन्द्रको जितमा मल्लिक बामिदेले युसुफले निर्णायक गोल गरे । आदित्य शाक्यको पास सदुपयोग गर्दै युसुफले खेलको ३१ औं मिनेटमा गरेको थिए । झापाका रक्षापंक्तिका खेलाडी पिटर सेगुनले बल क्लियर गर्न नसक्दा युसुफले गरेको गोल नै निर्णायक बन्यो । मछिन्द्रको सेमिफाइनल यात्रा निश्चित बन्यो । खेलको म्यान अफद म्याच समेत युसुफ भए । उनले १० हजार पाए । 

आहा रारा गोल्डकपमा थ्रीस्टारसँग सेमिफाइनलमा पराजित भएर इटहरी पुगेको मछिन्द्रले अब सेमिफाइनलमा युनाइटेड खर्साङ फुटबल क्लब युकेएफसीसँग बुधबार प्रतिस्पर्धा गर्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनलमा साबिक विजेता चर्च ब्वाइज युनाइटेड र धरान फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

अर्जुन

Link copied successfully