काठमाडौँ — नेपाल एपीएफ स्कुल कीर्तिपुर ‘ए’ दोस्रो अन्तरविद्यालय सशस्त्र प्रहरी महानिरीक्षक रनिङ ट्रफी फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । आयोजक टोलीले सोमबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस स्कुल साँगालाई ४–० ले पराजित गर्यो ।
घरेलु टोली एपीएफ स्कुलबाट विकास बोहोरा, तेन्जिङ शेर्पा, दिपेश गुरुङ र सागर खत्रीले १–१ गोल गरे । एपीएफ स्कुलका सागर खत्री प्लेयर अफ द म्याचमा चुनिए । उनलाई एपीएफ स्कुलका प्रधानाचार्य युवराज पराजुलीले ट्रफी प्रदान गरेका थिए ।
एपीएफ स्कुलले बिहीबार हुने फाइनलमा सैनिक आवासीय महाविद्यालय सल्लाघारीसँग खेल्ने छ । सैनिकले आइतबार भएको पहिलो सेमिफाइनलमा ब्राईट होराईजन चिल्ड्रेन्स होम मातातिर्थलाई २–१ ले पराजित गरेको थियो । सैनिकबाट रोजित खत्री र सफल थापाले तथा ब्राइट होराईजनबाट वीरेन्द्र उपाध्यायले गोल गरेका थिए ।
