काठमाडौँ — रिलायन्स स्कुल आइतबार प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्सतर्फ सेमिफाइनल पुगेको छ ।
आयोजक हिमाली स्कुलको कोर्टमा रिलायन्सले एक्मीलाई १६–४ ले पराजित गर्यो । रिलायन्सकी सृष्टि मगरले ८ स्कोर गरिन् ।
जुनियर ब्वाइजमा सनसाइनले हिमालीलाई १२–७ तथा सम्भावीले इस्टपोललाई ४२–४ ले हराउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे । सनसाइनका जेनिश तोलङ्गेले ६ तथा सम्भावीका नरेश विकले १९ अंक जोडे । अर्को लिगमा इनोभेटिभले काठमाडौं जेभियर पब्लिकलाई ४–३ ले हरायो ।
सिनियर ब्वाइजमा काठमाडौं जेभियरले अनुपमलाई ३५–२३, हेम्सले फ्लोरिडालाई ४९–४१, ग्रिन लन्सले इस्टपोललाई ३२–८ र केयर इङलिसले हाम्रो सनसाइनलाई ४४–४० ले हराएर क्वाटरफाइनलमा स्थान पक्का गरे । काठमाडौं जेभियरका सुवर्ण भुजेलले ११, हेम्सका आशुतोष यादवले २१, ग्रिन लन्सका देव देउलाले १८ र केयरका अपिल श्रेष्ठले २२ स्कोर बटुले ।
