बास्केटबलमा ज्ञान निकेतन र रिलायन्स विजयी

फाल्गुन ३, २०८१

कान्तिपुर संवाददाता

Gyan Niketan and Reliance win in basketball

काठमाडौँ — ज्ञान निकेतन र ग्रिन लन्सले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार विजय पाएका छन् ।

ज्ञान निकेतनले आयोजक हिमाली स्कुललाई ४१–३४ स्कोरले पराजित गर्‍यो । ज्ञान निकेतनका महेन्द्र प्याकुरेलले १६ स्कोर गरे । सुयोग रजकको १६ स्कोरमा ग्रिन लन्सले क्यानभासलाई ३६–१७ ले हरायो ।

सोही स्पर्धामा विल्सन एकेडेमीले हेम्सलाई ५४–४२ र एक्मीले हाम्रो सनसाइनलाई ३६–२९ ले हराए । विल्सनका रेहान डंगालले १५ र  एक्मीका साइमनले १८ स्कोर गरे ।

जुनियर ब्वाइजमा सनसाइनले इनोभेटिभलाई २२–४ र आयोजक हिमाली बोर्डिङ स्कुलले काठमाडौं जेभियर पब्लिकलाई १८–१० ले हराए । सनसाइनका जेनिश तोलङ्गेले १० र हिमालीका युनिक रोक्काले ८ स्को गरे ।

गर्ल्समा रिलायन्सले एजीएमलाई २७–६, क्यानभासले विल्सनलाई १३–११ र ग्रिन लन्सले एक्मीलाई ८–४ ले हराए । रिलायन्सकी एलिशा तामाङले १४, क्यानभासकी पवित्रा बुढाथोकीले ७ र ग्रिनलन्सकी अभिसारिका रजकले ४ स्कोर गरेका थिए ।

कान्तिपुर संवाददाता

Link copied successfully