काठमाडौँ — चेल्सी वर्ल्ड स्कुल शुक्रबार १३ औं लोयल्टी कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइलन पुगेको छ ।
आयोजक लोयल्टी एकेडेमीको मैदानमा चेल्सी लगातार ३ खेल जित्दै समूह ‘ए’ को विजेता भएर क्वाटरफाइनलमा पुगेको हो । चेल्सीले लोयल्टी ‘ए’ लाई ४–०, त्रिज्योतिलाई २–१ र हिमालयनलाई २–० गोलले हराए । शनिबार हुने त्रिज्योति र हिमालयनबीचको खेलले समूह ‘ए’ उपविजेता टुंगो लगाउने छ ।
समूह ‘सी’ बाट इस्टपोल विजेता र गेटवे एकेडेमी उपविजेता हुँदै क्वाटरफाइनलमा पुगे । इस्टपोलले पिस प्वाइन्टलाई ४–० र गेटवे एकेडेमीलाई २–० गोलले हराए । ३ टिममात्र रहेको यो समूहमा गेटवेले पिस प्वाइन्टबाट वाकओभर पायो ।
हिमालयन बोर्डिङ स्कुलले लोयल्टी ‘ए’ लाई २–१ तथा त्रिज्योतिले लोयल्टी ‘ए’ लाई २–० ले हराए । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यले उद्घाटन गरे । उपाध्यक्ष आचार्यले विद्यालयस्तरका प्रतियोगिताबाटै नै भविष्यका प्रतिभावान खेलाडी पहिचान गर्न सकिने भएको हुँदा विद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नु पर्नेमा जोड दिए ।
