थाइल्याण्डमा सिग्देललाई मास्टर्स एथ्लेटिक्समा रजत पदक

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Silver Medal in Masters Athletics to Sigdel in Thailand

बैंकक — २९औं थाइल्याण्ड मास्टर्स एथ्लेटिक्स प्रतियोगितामा झापाका कृष्णप्रसाद सिग्देलले रजत पदक जितेका छन् ।

राजधानी बैंककको च्याङ राईमा आयोजना भएको यो प्रतियोगितामा झापाका सिग्देलले ५५–५९ उमेर समूहमा लङजम्पतर्फ ४ दशमलव ९० मीटरको जम्प लगाउँदै रजत पदक जितेका हुन् । 

बिहीबार भएको खेलमा पदक जितेपछि उनले खुसी जनाए । ‘मैले पदक जित्छु भन्ने कल्पना गरेको थिइन । त्यति धेरै ठूला राष्ट्रका खेलाडी सहभागी थिए । खुसी लागेको छ,’ उनले जितपछि सञ्चारकर्मीसँग भने ।

१२ फेब्रुअरीदेखि सुरु भएको यो प्रतियोगितामा भाग लिन ९ खेलाडी र २ पदाधिकारी गरी ११ जनाको नेपाली टोली बैंकक पुगेको थियो । प्रतियोगितामा २२ राष्ट्रका खेलाडी सहभागी छन् । प्रतियोगिता १६ तारिखसम्म चल्ने छ ।

कान्तिपुर

Link copied successfully