हिमालीको बास्केटबलमा जित    

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

Himalayan's victory in basketball

काठमाडौँ — आयोजक हिमाली बोर्डिङ स्कुलले प्रथम हिमाली अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइज र गर्ल्स विजयी सुरुआत गरेको छ ।

घरेलु कोर्टमा शुक्रबार सिनियर गर्ल्समा हिमालीले विल्सन एकेडेमीलाई २३–१० ले हरायो । हिमालीकी राधा बोहराले १६ स्कोर जोडिन् । सिनियर ब्वाइजमा हिमालीले चैतन्यलाई ३१–२३ ले  हरायो । हिमालीका सुदीप यादवले २३ स्कोर गरे । 

गर्ल्समै ग्रिन लन्सले एजीएमलाई ८–४ ले हरायो । ग्रिनलन्सकी सोनी घलेले ४ स्कोर गरिन् ।  सिनियर ब्वाइजमा क्यानभासले अनुपमलाई ५१–३५, एक्मीले केयर इंग्लिसलाई ४८–२०, काठमाडौं जेभियर पब्लिकले ग्रिन लन्सलाई २८–१६ र विल्सनले फ्लोरिडालाई ४७–३८ ले हराए । जुनियर ब्वाइजमा ग्रिन लन्सले क्यानभासलाई १०–९ ले पाखा लगायो ।

प्रतियोगिताको काठमाडौं एनप्याब्सनका पूर्वउपाध्यक्ष श्याम योञ्जन र हिमालीका प्रिन्सिपल नेत्रप्रसाद उपाध्यायले संयुक्त रुपमा उद्घाटन गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully