एक्सेल्सियर कपमा ६ टिम च्याम्पियन

फाल्गुन २, २०८१

कान्तिपुर संवाददाता

6 team champions in the Excelsior Cup

काठमाडौँ — एक्सेल्सियर कपको ११ औं संस्करणमा ६ टिमले शुक्रबार उपाधि जितेका छन् । बास्केटबलमा २ तथा ब्वाइज फुटसलमा आयोजक द एक्सेल्सियर स्कुलसहित ४ टिम च्याम्पियन भएका छन् ।

बास्केटबल सिनियर ब्वाइजमा भ्याली भ्यू र गर्ल्समा स्वर्णिम विजेता भए । फुटसलको यू–९ मा राई स्कुल, यू–११ मा स्वस्तिश्री गुरुकुल, यू–१४ मा एक्सेल्सियर र यू–१६ रिब्सले उपाधि जिते ।

ब्वाइज बास्केटबल फाइनलमा भ्याली भ्यूले रेडियन्ट पब्लिकलाई ७०–४२ स्कोरले पराजित गर्‍यो । भ्यालीका गणेशबहादुर विष्टले ३८ स्कोर गरे । हिसील्हामु लामाको १० स्कोरमा गर्ल्सतर्फ स्वर्णिमले रिब्सलाई २२–२० ले हरायो ।

सिनियर ब्वाइजमा भ्याली भ्यूका गणेशबहादुर विष्ट र गर्ल्समा स्वर्णिमकी नितिशा महर्जन मोस्ट भ्यालुएबल प्लेयर घोषित भए । ब्वाइजमा बेबी एन्जल र गर्ल्समा राई स्कुल ‘इमर्जिङ टिम’ बने ।

स्वयम्भूस्थित आयोजक एक्सेल्सियरको मैदानमा भएको ब्वाइज फुटसलको यू–९ फाइनलमा राई स्कुलले संस्कृतिलाई २–१ गोलले हरायो । राईका रेहानकुमार श्रेष्ठ र आभास रेग्मीले गोल गरे ।

6 team champions in the Excelsior Cup

यू–११ को उपाधि भिडन्तमा स्वस्तिश्रीले एक्सेल्सियरलाई १–० गोलले हरायो । अर्नव भट्टराईले निर्णायक गोल गरे । यू–१४ को फाइनलमा एक्सेल्सियरले विद्यावाणी पाठशालालाई ४–२ गोलले हरायो । कृष पाण्डेले ह्याट्रिक गरे भने साहिलराज थापाले १ गोल थपे । विद्यावाणीका अभिग्न कडरिया र प्रज्ज्वल गौतमले गोल गरे ।

यू–१६ को फाइनलमा रिब्सले बोधिसत्वमाथि ६–० को जित दर्ता गर्‍यो । रिब्सका श्रमन गुरुङ, आयुश केसी, आर्यान केसी, रिसन लामा, ब्लेस गुरुङ र भिनिथ श्रेष्ठले१–१ गोल गरे ।

संस्कृतिका अर्सभ खड्का, एक्सेल्सियरका ओजस पाठक, एक्सेल्सियरका साहिलराज थापा र रिब्सका श्रमन गुरुङ आफ्नो विधामा उत्कृष्ट खेलाडी घोषित भए । राई स्कुलका इसक राणा, स्वस्तिश्रीका समीर बोहरा, एक्सेल्सियरका अंशुमन वैद्य र रिब्सका आरुस केसी उत्कृष्ट गोलरक्षक चुनिए ।

विजेतालाई पूर्वखेलकुदमन्त्री विराजभक्त श्रेष्ठ, एक्सेल्सियरका प्रबन्ध निर्देशक राम बस्नेत, एक्सेल्सियरकी चेयरम्यान शीतल राणा, एक्सेल्सियरका प्रिन्सिपल प्रशान्त रजकले पुरस्कृत गरे ।  

कान्तिपुर संवाददाता

Link copied successfully