जेभियरले जित्यो हेराल्ड कप

फाल्गुन १, २०८१

कान्तिपुर संवाददाता

Xavier won the Herald Cup

काठमाडौँ — जेभियर कलेजले चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ । बिहीबार आयोजक हेराल्ड कलेजको कोर्टमा भएको प्रतिस्पर्धात्मक फाइनलमा जेभियरले ग्रिनफिल्डलाई ७७–६९ स्कोरले हरायो । जेभियरका रिदश केसीले २१ स्कोर जोडे । ग्रिनफिल्डका सोनाम लामाले २७ स्कोर गरे पनि जित दिलाउन सकेनन् ।

ग्रिनफिल्डले पहिलो र दोस्रो क्वाटरमा लिएको अग्रता जोगाउन नसक्दा उपाधिबाट वञ्चित भयो । ग्रिनफिल्डले पहिलो क्वाटरमा १९–१२ र दोस्रोमा १७–१३ को प्रदर्शन गरेको थियो । तेस्रोमा जेभियरले २४–१३ को अग्रता लिँदै खेल ४९–४९ को बराबरीमा ल्यायो । चौथो क्वाटरमा जेभियरले २८–२० ले अघि रहँदै उपाधि जित्यो ।  

जेभियर अपराजित भई विजेता बनेको हो । समूह चरणको खेलमा जेभियरले नामी, साउथ वेस्टर्न र ब्रिटिस गुर्खाजलाई हराएको थियो । जेभियरले एन्जल्स हार्ट र गोल्डेनगेटलाई पन्छाएको थियो । जेभियरका असिम थापा ‘मोस्ट भ्यालुएबल प्लेयर’ घोषित भए ।

तेस्रो स्थानका लागि भएको खेलमा आयोजक हेराल्डले गोल्डेनगेट कलेजलाई ५७–४१ ले हराएर तेस्रो स्थान हार्‍यो । हेराल्डका कृष्ण सिंहले २१ स्कोर जोडे । विजेतालाई हेराल्डका सह–प्राध्यापक विनोद रेग्मी, सिफ्ट इन्चार्ज राजेशराज अर्याल र एकेडेमिक को–ओर्डिनेटर दीपेन्द्र पुडासैनीले पुरस्कृत गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully