काठमाडौँ — ‘जनयुद्ध दिवस’का अवसरमा हेटौंडामा आयोजित ५ किलोमिटरको खुला दौड प्रतियोगितामा टंकबहादुर कार्की प्रथम भएका छन् ।
उनले १५ मिनेट ५२ सेकन्डमा उक्त दूरी पार गरेका थिए । राजेन्द्र राईले १५ मिनेट ५३ सेकेन्डमा दूरी पार गर्दै द्वितीय स्थान सुरक्षित गरेका थिए ।
प्रतियोगितामा राज तामाङ तृतीय हुन सफल भएका थिए । उनले १६ मिनेट २ सेकेन्ड दूरी पार गरेका थिए ।प्रतियोगितामा प्रथम,द्वितीय र तृतीय हुनेलाई १५ हजार,१० हजार र ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको थियो ।
पूर्वजनमुक्ति सेना नेपाल मकवानपुरले आयोजना गरेको उक्त ख्लुा दौड प्रतियोगितामा १ सय ७० जना सहभागी थिए । दौड हेटौंडाको बुद्ध चोकबाट सुरु गरिएको थियो । प्रतियोगिताका विजयी धावकहरूलाई माओवादीका केन्द्रीय सदस्य कुमारी मोक्तानलगायतले पुरस्कार वितरण गरेका थिए ।
