काठमाडौँ — रेडियन्ट पब्लिक, रिब्स, स्वर्णिम र आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कप बास्केटबलको सिनियर गर्ल्समा बुधबार सेमिफाइनल पुगेका छन् ।
रेडियन्टले ल्यान्डमार्क एकेडेमीलाई २३–१० स्कोरले पराजित गर्यो । रेडियन्टकी दिव्यांशा कार्कीले १३ स्कोर जोडिन् । रिब्सले एलआरआईलाई १५–९ स्कोरले हरायो । रिब्सकी सुप्रिया मल्लले ६ स्कोर गरिन् । स्वर्णिमले ग्यालेक्सी पब्लिकलाई २२–८ ले पाखा लगायो । स्वर्णिमकी हिसील्हामु लामाले ११ स्कोर बटुलिन् । एक्सेल्सियरले द चाँदबागलाई १४–१२ स्कोरले हरायो । एक्सेल्सियरकी अकिना घिमिरेले ९ स्कोर गरिन् ।
एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यू–११ मा न्यु जेनिथले काभ्यालाई २–०, एक्सेल्सियरले भ्याली भ्यूलाई ३–०, राई स्कुलले चाँदबागलाई १–० र स्वस्तिश्री गुरुकुलले जोन डेवीलाई २–१ ले पराजित गर्दै सेमिफाइनल सुरक्षित गरे ।
यू–१४ मा एक्सेल्सियर ‘रातो’ ले इम्पेरियल वर्ल्डलाई २–०, विद्यावाणी पाठशालाले मेगसलाई ३–०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई ५–१ र काठमाडौं लिंकनले बोधिसत्वलाई १–० गोलले हराएर सेमिफाइनलमा स्थान पक्का गरे ।
यू–१६ मा निःसर्ग वाटिकाले रेडियन्ट पब्लिकलाई ३–०, रिब्सले ग्यालेक्सीलाई २–०, स्वस्तिश्री गुरुकुलले न्यु एरा एकेडेमीलाई र बोधिसत्वले एक्सेल्सियरलाई टाइब्रकेरमा हराएर सेमिफाइनल यात्रा तय गरे । यू–९ उमेर समूमा एक्सेल्सियरले संस्कृति तथा राई स्कुलले काभ्यासँग सेमिफाइनल भिडन्त पक्का गरिसकेका छन् ।
