काठमाडौँ — ग्रिनफिल्ड र जेभियर कलेज चौथो हेराल्ड कप अन्तरकलेज छात्र बास्केटबल प्रतियोगितामा बुधबार फाइनलमा पुगेका छन् ।
पहिलो सेमिफाइनलमा ग्रिनफिल्डले आयोजक हेराल्ड कलेजलाई ६६–५९ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा सशान्त कार्कीले २८ स्कोर गरे । पहिलो क्वाटर ९–९ को बराबरीमा सकिएको थियो भने दोस्रोमा ग्रिनफिल्डले २७–१५ को अग्रता बनायो । हेराल्डले तेस्रोमा १५–११ र चौथोमा २०–१९ को अग्रता बनाए पनि जितलाई पर्याप्त भएन ।
दोस्रो सेमिफाइनलमा लक्की महर्जनको १६ स्कोरमा जेभियरले गोल्डेनगेट कलेजलाई ५३–४६ ले हरायो । जेभियरले पहिलो क्वाटरमा २०–४, दोस्रोमा ८–१३, तेस्रोमा १३–१० र चौथामा १२–१९ को प्रदर्शन गर्यो । फाइनल बिहीबार हुनेछ ।
