काठमाडौँ — जापानमा हुने चौथो क्योकुसिन तेजुका कप विश्व कराते च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले भाग लिने भएका छन् ।
नेपाल क्योकुसिन कराते (ईको) संघले मंगलबार पत्रकार सम्मेलन आयोजना फागुन ९ देखि १३ सम्म हुने प्रतियोगितामा कातातर्फ दावा शेर्पा र कुमितेमा मनीष कार्कीले प्रतिस्पर्धा गर्ने संघका अध्यक्ष दमन बस्नेतले बताए । प्रतियोगिता जापानको सेन्डाइ र फुकुवोकामा हुनेछ । नेपालको खेल फुकुवोकामा छ ।
अफिसियलमा अध्यक्ष बस्नेत, महासचिव संगीत बस्नेत र प्रशिक्षकमा रोशन कपाली छन् । अध्यक्ष बस्नेतले निर्णायकको भूमिका पनि निर्वाह गर्नेछन् । टोली फेब्रुअरी १९ मा जापान जानेछ ।
