इन्टरले लियो फियोरेन्टिनामाथि बदला

माघ २९, २०८१

कान्तिपुर संवाददाता

Inter get revenge on Leo Fiorentina

काठमाडौँ — इन्टर मिलानले इटालीको सिरी ‘ए’ मा सोमबार फियोरेन्टिनााई २–१ ले पराजित गरेको छ र यससँगै गत साताको हारको बदला पनि लिएको छ । यो जितपछि इन्टरले लिग तालिकाको शीर्षमा रहेको नेपोलीसँगको दूरी पनि एक अंकमा छोट्याएको छ । 

सानसिरोमा भएको खेलमा इन्टर मानिर पोनग्रासिचको आत्मघाती गोलले अगाडि रहेको थियो । दोस्रो हाफको अन्त्यतिर रोलान्डो मान्ड्राागोराले फियोरेन्टिनाका लागि बराबरी गोल फर्काए । दोस्रो हाफमा मार्को आरनोभिचले निर्णायक गोल गरे । 

यसअघि नेपोलीले युडिनेजीसँग बराबरी खेलेपछि इन्टरले त्यसको फाइदा लिएको हो । नेपोलीको २४ खेलबाट ५५ अंक भएको छ भने इन्टरको त्यत्तिकै खेलबाट ५४ अंक छ । डिफेन्डिङ च्याम्पियन इन्टर अब अर्को साता टुरिनको भ्रमणमा निस्कने छ । 

नेपोलीले चौथो स्थानको लाजियोको आथित्य गर्नेछ । लाजियो ४५ अंकमा छ भने एटलान्टा ५० अंकमा तेस्रो स्थानमा रहेको छ ।

कान्तिपुर

Link copied successfully