काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुल र भ्याली भ्यू ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइजमा सेमिफाइनल पुगेका छन् ।
स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियरले होली भिजनलाई ३८–२३ स्कोरले पराजित गर्यो । एक्सेल्सियरका सोङमेन तामाङले १९ स्कोर जोडे । भ्याली भ्यूले ह्वाइटफिल्डलाई ४२–१३ ले पराजित गर्दा गणेशबहादुर विष्टले १३ स्कोर गरे ।
सिनियर ब्वाइजमै एलआरआईले निःसर्ग बाटिकालाई ४९–२७ तथा रेडियन्ट पब्लिकले स्वर्णिमलाई ४५–१६ ले हराए । एलआरआईका र्युची श्रेष्ठले १९ र रेडियन्ट पब्लिकका रवीन्द्र खत्रीले १५ स्कोर जोडे । गर्ल्सको क्वाटरफाइनल बुधबार हुनेछ । रेडियन्ट पब्लिकले ल्यान्डमार्क एकेडेमी, रिब्सले एलआरआई, स्वर्णिमले ग्यालेक्सी पब्लिक र एक्सेल्सियरले चाँदबागविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
ब्वाइज फुटसलको यू–९ उमेर समूमा सेमिफाइनल समीकरण पूरा भएको छ । सेमिफाइनलमा एक्सेल्सियर र संस्कृति तथा राई स्कुल र काभ्या भिड्नेछन् । यू–११ मा एक्सेल्सियर ‘नीलो’, भ्याली भ्यु, काभ्या, न्यु जेनिथ, द चाँदबाग, राई स्कुल, स्वस्तिश्री गुरुकुल र जोन डेवी क्वाटरफाइनलमा पुगे ।
यू–१४ मा एक्सेल्सियर ‘रातो’ र ‘नीलो’, इम्पेरियल, विद्यावाणी पाठशाला, मेगस, जोन डेवी, काठमाडौं लिंकन तथा बोधिसत्वले क्वाटरफाइनलमा स्थान सुरक्षित गरे । यू–१६ मा निःसर्ग बाटिका, रेडियन्ट, ग्यालेक्सी, रिब्स, न्यु एरा, स्वस्तिश्री, एक्सेल्सियर ‘हरियो’ र बोधिसत्व क्वाटरफाइनल पुगेका छन् ।
