एक्सेल्सियरका दुवै टोलीलाई सफलता

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Good luck to both Excelsior teams

काठमाडौँ — आयोजक द एक्सेल्सियर स्कुल ११ औं एक्सेल्सियर कपअन्तर्गत बास्केटबल सिनियर ब्वाइज/गर्ल्समा क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु कोर्टमा आइतबार सिनियर ब्वाइजतर्फ एक्सेल्सियरले बेबी एन्जल्सलाई २९–२१ ले पराजित गर्दा सोङमेन तामाङले २० स्कोर जोडे । सिनियर गर्ल्समा एक्सेल्सियर रातोले एलआरआईलाई ९–८ ले हराएर समूह ‘ए’ को विजेता बन्यो । विजेताकी अकिना घिमिरेले ६ स्कोर गरिन् । एलआरआई पनि उपविजेता भएर अगाडि बढ्यो ।

सिनियर ब्वाइजमै एलआरआईले संस्कृतिलाई ४३–३७, होलिभिजनले पिपुल्स एकेडेमीलाई ३५–२८ र रेडियन्ट पब्लिकले ग्यालेक्सी पब्लिकलाई ३०–२९ ले हराए । होलिभजनका रितेश श्रेष्ठले १० र रेडियन्ट पब्लिकका कार्थिक थापाले ७ स्कोर गरे ।

ब्वाइज फुटसलको यू–११ मा एक्सेल्सियरले ग्यालेक्सीलाई ५–१, द चाँदबाग स्कुलले ग्रिनफिल्डलाई २–० र भ्याली भ्युले बोधीवृक्षलाई ७–० गोलले हराए । अर्को खेलमा एक्सेल्सियर र चाँदबागले १–१ गोलको बराबरी खेले ।

यू–१६ मा न्यु एराले एलआरआईलाई ४–१ गोलले हरायो भने एक्सेल्सियर र बोधीसत्वबीचको खेल १–१ गोलको बराबरीमा टुंगियो । यू–१४ मा काठमाडौं लिंकनले ग्यालेक्सी पब्लिकलाई ३–२ गोलले पन्छायो ।

कान्तिपुर संवाददाता

Link copied successfully