रामेछापको लिखुभुजिलाई ४६ औँ हाङथुम कपको उपाधि

माघ २७, २०८१

दीपेन्द्र शाक्य

46th Hangthum Cup title to Likhubhuji of Ramechhap

संखुवासभा — रामेछापको लिखुभुजि क्लबले संखुवासभाको मुलखर्कमा सम्पन्न ४६ औँ हाङथुम कपको उपाधि जितेको छ । शनिबार भएको फाइनल खेलमा सुनसरीको सिर्जना थुथलाई १० गोलले हराउँदै रामेछापले उपाधि जितेको हो ।

खेलको ७२ औँ मिनेटमा सुनसरीका खेलाडीले डि एरियामा फल गरेपछि रामेछापले पेनाल्टीको अवसर पाएको थियो । पेनाल्टीमा रामेछापका करण मगरले गरेको गोल नै उपाधिका लागि निर्णयक बन्यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी सिर्जना युथ सुनसरीका नगेन राई घोषित भए । सर्वाधिक गोलरक्षक रामेछाप लिखुभुजिका मिलन श्रेष्ठ र सर्वाधिक गोलकर्ता चुलाचुली झापाका तीर्थ बस्नेत र लिखुभुजिका मनजित गुरुङले पाए । रामेछापले उपाधि संगै २ लाख २० हजार २ सय रुपैयाँ र उपविजेताले बनेको सिर्जना युथ सुनसरीले १ लाख १० हजार १ सय रुपैयाँमा चित्त बुझायो ।

माघ २० बाट सुरु भएको प्रतियोगितामा झापा, धनकुटा, सुनसरी, रामेछाप र संखुवासभाका गरी ८ टिम सहभागी थिए । प्रतियोगिता २०३५ सालबाट मूलखर्कमा आयोजना गरिँदै आएको छ । 

दीपेन्द्र शाक्य

Link copied successfully