ब्राइटनसँग हार्दै चेल्सी एफएकपबाट बाहिर

माघ २७, २०८१

कान्तिपुर संवाददाता

Chelsea out of FA Cup after losing to Brighton

काठमाडौँ — जापानी खेलाडी काओरु मितोमाले निर्णायक गोल गरेपछि ब्राइटनले शनिबार चेल्सीलाई २–१ ले हरायो र यस नतिजासँगै चेल्सी एफएकपको चौथो चरणबाट बाहिरिएको छ । सन् २०१८ यता चेल्सीले कुनै घरेलु कप उपाधि जित्न सकेको छैन् र यो क्रम यो सिजन पनि जारी रहने भयो ।

आत्मघाती गोलमा अगाडि रहेको चेल्सीविरुद्ध जर्जिनो रटरले बराबरी गोल फर्काए । मितोमाले ५७ औं मिनेटमा विजयी गोल गरे । केभिन डे ब्रुएनाको विजयी गोलमा म्यानचेस्टर सिटीले भने तेस्रो डिभिजनको लेयन ओरियन्टलाई २–१ ले नै हरायो ।

यस्तै न्युकासल युनाइटेडले बर्मिङघमलाई ३–२ ले हरायो । गुडसन पार्कमा खेलेको एफएकपको आफ्नो अन्तिम खेलमा एभरटन बर्नमाउथको हातबाट २–० ले पराजित रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully