बायर्नको अग्रता नौ अंक

माघ २६, २०८१

कान्तिपुर संवाददाता

Bayern lead by nine points

काठमाडौँ — बायर्न म्युनिकले जर्मन बुंडेसलिगामा शुक्रबार वेडर ब्रेमनलाई ३–० ले पराजित गरेको छ र शीर्ष स्थानमा नौ अंकको अग्रता बनाएको छ । त्यसमा इंग्लिस कप्तान ह्यारी केनले पेनाल्टीबाट दुई गोल गरे ।

त्यसबीच लेरोय सेनले एक गोल थपे । गोलरहित पहिलो हाफपछि केनले ५६ औं मिनेटमा पहिलो गोल गरेका हुन् । उनको व्यक्तिगत दोस्रो गोल भने दोस्रो हाफको इन्ज्युरी समयको सातौं मिनेटमा सम्भव भएको थियो । सेनले भने ८२ औं मिनेटमा गोल गरे ।

यो जितपछि बायर्नको २१ खेलबाट ५४ अंक भएको छ र लिग उपाधितर्फ अग्रसर देखिएको थियो । बायर लेभरकुजन २० खेलबाट ४५ अंकमा दोस्रो स्थानमा छ । ब्रेमन भने ३० अंकमा आठौं स्थानमा रह्यो । 

कान्तिपुर संवाददाता

Link copied successfully